थप ३०० जनामा कोरोना संक्रमण

तु खबर संवाददाता
२०७९ भाद्र २१, मंगलवार १७:२४
file-photo

काठमाडौं । नेपालमा थप ३०० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५९० जनाको परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, १ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ जना र २ हजार ६०९ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त भएका छन् ।