सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटका लागि गठित पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्नमा बस्ने भएको हो ।
बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्नेछ । २०७४ सालको निर्वाचन र गत ३० बैशाखको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँटमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँडको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।
