नेपाली कांग्रेसद्वारा निर्वाचन आयोगमा दल दर्ता

तु खबर संवाददाता
२०७९ श्रावण ३१, मंगलवार १६:५४

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंगलबार अपराह्नमा दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

उपसभापति धनराज गुरुङ, मूख्य सचिव कृष्णप्रसाद पौडेलसहितको टोली निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् । निर्वाचन आयोगले संघ र प्रदेशको लागि दल दर्ताको लागि निर्धारण गरेको अन्तिम दिन कांग्रेसले दल दर्ता गरेको हो । राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले यसअघि नै आयोगमा दल दर्ता गरिसकेको छ ।