नेपाली कांग्रेसले आम निर्वाचनको लागि आज दल दर्ता गर्दै

तु खबर संवाददाता
२०७९ श्रावण ३१, मंगलवार ०९:३४

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि आज दल दर्ता गराउने भएको छ । कांग्रेसले मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज दल दर्ता गराउने भएको हो ।

निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ । आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या हालसम्म ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार, सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेको थियो ।

राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले आयोगमा दल दर्ता गरे पनि काँग्रेसले अझैसम्म दर्ता नगरेको आयोगले जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहहरु मध्ये सत्तारुढ दल नेपाली कांग्रेसले आज दल दर्ताका लागि निवेदन दिने तयारी गरेको छ ।