कोरोना संक्रमणबाट मकवानपुरका एक पुरुषको मृत्यु

तु खबर संवाददाता
२०७९ श्रावण २६, बिहीबार १८:२३
सांकेतिक तस्वीर

मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्वर १ का ६० वर्षीय पुरुष रहेका छन् ।

ती पुरुषको भरतपुर अस्पतालको कोभिड आइसियू कक्षमा उपचारको क्रममा बुधबार मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनलाई गत साउन १६ गते हेटौंडा अस्पतालमा कोभिडको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।