हेटौंडा सिमेन्ट उद्योगमा भ्रष्टाचार गर्नेमाथि छानबिन गर्न सांसदको माग

तु खबर संवाददाता
२०७९ श्रावण २२, आईतवार १६:२०

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले हेटौंडा सिमेन्ट उद्योग घाटामा गएको विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् । सांसद केसीले प्रतिनिधि सभाको आइतबारको बैठकमा निजी सिमेन्ट उद्योग नाफा गइरहेको अवस्थामा सरकारी सिमेन्ट उद्योग कसरी करोडौं घाटामा गयो भन्ने विषयमा छानबिन हुनुपर्ने माग गरेका हुन् ।

उनले नेपालमा नै पर्याप्त कच्चा पदार्थ पाइने सिमेन्ट उद्योग घाटा गएको भन्ने खबर दुःख लाग्दो भएको बताए । उनले विभिन्न संचारमाध्यमा हेटौंडा सिमेन्ट उद्योग ८० करोड घाटा गएको भनि सामाचार पढेको भन्दै उक्त विषयमा छानबिन हुनुपर्ने माग गरे । हेटौंडा सिमेन्ट उद्योग घाटामा जानुमा को दोषी छ भन्ने कुरा सार्वजनिक गर्नुपर्ने उनको भनाई छ ।

‘अधिकांश कच्चा पदार्थ नेपालमा पाइन्छ । नेपालमा नै कच्चा पदार्थ भएको उद्योग घाटामा जान हुँदैन, हेटौंडा सिमेन्ट उद्योगमा के भएको हो ? कसले भ्रष्टाचार गरेको हो ? छानबिन हुनुपर्छ’, उनले भने । सरकारी उद्योग धराशायी बनाउन नहुने सांसद केसीको भनाइ थियो ।