आजको मौसम : देशभर मनसुन सक्रिय रहने

तु खबर संवाददाता
२०७९ श्रावण १७,मंगलवार ०९:२४
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर मनसुन सक्रिय रहने जनाएको छ । आज बिहान प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केहि र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

त्यस्तै, आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राती बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । भारी वर्षाको सम्भावना रहेको स्थानमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।