नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित
मकवानपुर । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । कांग्रेस नेताद्वय शेखर कोइराला र गगन थापा समूहका लम्साल ७४५ मतसहित अधयक्षमा निर्वाचित भएका हुन् । लम्सालका निकटतम प्रतिद्वन्द्वी अनिता बिन्दुले ६१२ मत ल्याएकी छन् ।
त्यस्तै, संगठनको वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । केसी ६८५ मतसहित वरिष्ट उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । केसीका निकटतम प्रतिद्वन्द्वी सरोज अधिकारीले ६६५ मत ल्याएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका अधिकांश पदमा लम्साल प्यानलकै बाहुल्य रहेको छ । युनियनको महासचिवमा लम्साल प्यानलकै दिलीप पौडेल निर्वाचित भएका छन् । पौडेल ८७८ मतसहित महासचिवमा निर्वाचित भएका हुन् ।

