कांग्रेस पदाधिकारी बैठक बस्दै

तु खबर संवाददाता
२०७९ असार २६, आईतवार ०९:००

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक सोमबार पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका एजेण्डा तय गर्न कार्यसूची रहेको छ ।

पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाका अनुसार, बैठकमा स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा र विविध एजेन्डामाथि छलफल हुनेछ । स्थानीय निर्वाचनपछि पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठक भोलि बस्दै छ ।