शुक्रबार ३४ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३४ अंकले घटेर १९९२ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड माथिको कारोबार भएको छ ।
आज केही कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ । सर्वाधिक बढ्नेमा ग्लोबल आइएमई समुन्नत फण्ड रहेको छ । उक्त फण्डको इकाई २.८२ प्रतिशतले बढेको छ । त्यस्तै, नबिल इक्विटी फण्डको २.४६ प्रतिशत, कुमारी बैंकको डिबेञ्चर २ प्रतिशत, लक्ष्मी इक्विटी फण्डको १.९८ प्रतिशत र गुराँस लघुवित्त वित्तीय संस्थाको १.९५ प्रतिशतले मूल्य बढेको छ ।
