भोलि रातिदेखि सातै प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ असार १३, सोमबार १६:५३
file-photo

काठमाडौँ । भोलि मंगलबार रातिबाट देशैभरी भारी बर्षा हुने जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । देशैभरि मनसुन फैलिएसँगै भोलिबाट सातै प्रदेशमा भारी वर्षा हुने भएको जनाइएको छ । मौसमविद्हरुका अनुसार आज दिनभर झरी पर्ने छ। भोलि रातिबाट ठूलो पानी पर्ने र यो क्रम बिहिबारसम्म रहनेछ ।

उनीहरुको अनुसार मंगलबारदेखि बिहिबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आईपुग्ने सम्भावना भएकोले मनसुन थप सक्रिय हुने भएको हो । उनले प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताए ।

मंगलबारदेखि बिहिबारसम्म देशभर सामान्यदेखि पूर्णतया बदली रही ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।