बागमती प्रदेश बजेट : स्थानीय तहका लागि १ अर्ब ७५ करोड समानीकरण अनुदान
मकवानपुर । बागमती प्रदेश सरकारले ११९ वटा स्थानीय तहका लागि १ अर्ब ७५ करोड रुपैयाँ समानीकरण अनुदान विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।
प्रदेश सरकारले आगामी आवमा प्राङ्गरिक मल र गड्यौला मलको प्रयोग प्रोत्साहन गर्न ५ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
