बागमती प्रदेशसभा बैठक सुरु
मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । अपराह्न ४ बजेको लागि बोलाइएको बैठक केही समय ढिला गरी सुरु भएको हो ।
आजको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बजेट प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
