गाँजासहित मकवानपुरकी भुलुन पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गााँसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा १ किलो ४०० ग्रामसहित मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर १ स्थायी घर भई हाल बकैया गाउँपालिका वडा नम्वर ५ कर्मचुली बस्ने ३५ वर्षीया फुलमाया भुलुनलाई पक्राउ गरेको हो ।
शनिबार विशेष सूचनाको आधारमा प्रहरी चौकी हात्तीसुडे मकवानपुरबाट खटिएको प्रहरी टोलीले भुलुनको घरमा चेकजाँच गर्दा निजको घर भित्र लुकाई छपाई राखेको उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
