हेटौंडाबाट लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ २६, बिहीबार १८:५५

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरोहेराइनसहित हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका–२ छप्कैया बस्ने २३ वर्षीय जवाद हुसेन मियाँ तेली रहेका छन् । उनलाई लागूऔषध खैरोहेराइन १ ग्रामसहित बुधबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटलमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले सिसिटिभि फुटेजको आधारमा चोरीमा शंकास्पद उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।