हेटौंडा अस्पताललाई कांग्रेसद्वारा ७ बुँदे ध्यानाकर्षण पत्र

तु खबर संवाददाता
२०७९ जेष्ठ २६, बिहीबार १७:५४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा विगत केही दिनदेखि बिरामीले उपचार गर्न, प्रयोगशाला परीक्षण प्राप्त गर्न, औषधि लिदा देखिएको समस्याको विषयमा कांग्रेस हेटौंडा नगर कार्य समितिले ध्यानाकर्षण जनाउँदै ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

बिहीबार बिहान हेटौंडा नगर सभापति उत्सव इटेनी नेतृत्व टोलीले हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई भेटेर बिरामीले पाएको सास्तीको बारेमा जानकारी गराउँदै ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

कांग्रेस हेटौंडा नगरले अस्पतालको विषयमा गराएको ध्यानाकर्षणमा अस्पतालका निमित्त मेसु सापकोटाले भवन र जनशक्तिका कारण उक्त समस्या देखिएको स्वीकार गर्दै छिट्टै समस्या समाधान गर्ने बताए ।

ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपाने, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, प्रेस युनियन मकवानपुर अध्यक्ष पोष्टराज अधिकारी (कुमार), कांग्रेस हेटौंडा नगर सचिव हर्करत्न लामा, सहसचिव निगम श्रेष्ठ, विकास बानियाँ, कोषाध्यक्ष कुलप्रसाद चौलागाई लगायतको सहभागिता रहेको थियो ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र ।