भन्सार विभागमा थन्कियो ९९७० बोरा मल

काठमाडौं । भन्सार विभाग कार्यालयको गोदाममा १ महिनादेखि ९ हजार ९७० बोरा मल थन्किएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले ल्याएको उक्त मल विगत १ महिनादेखि जाँचपास नै नभई थन्किएको हो ।
किसानले आवश्यक्ताअनुसार मल नपाइ रहेको बेला भन्सार विभागमा मल थन्किएको हो । मल आयातकर्ता केन्द्र मल जाँचपासका लागि नआएपछि विभागले छिट्टै जाँचपास गर्न विभागले कृषि सामाग्री केन्द्रलाई पत्र लेखेको छ ।