साताको दुई दिन विदा दिने निर्णय खारेज गर्न सर्वोच्चमा निवेदन दर्ता
काठमाडौं । जेठ १ गतेबाट लागू हुने गरी साताको दुई दिन विदा दिने सरकारको निर्णय खारेज गर्न सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतले उक्त रिट निवेदनमाथि जेठ २४ गतेका लागि पेसी तोकेको छ ।
साताको २ दिन विदा दिने सरकारको निर्णय खारेज गर्न उत्प्रेषण परमादेशसमेत माग गर्दै रामबहादुर शाहीसहित ६ जनाले रिट निवेदन दर्ता गराएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर दायर भएको रिट निवेदनमा हचुवाको भरमा सरकारले हप्तामा दुई दिन विदा दिने निर्णय गरेको उल्लेख छ ।
रिट निवेदकमा सरकारको उक्त निर्णयबाट देशको आर्थिक क्षेत्रमा ठुलो प्रभाव पर्नुका साथै शिक्षा, स्वास्थ्य क्षेत्रमा असर परेको उल्लेख गरिएको छ ।