७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ २३, सोमबार १६:३४

काठमाडौं । ललितपुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवक पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिका–४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

शर्माले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।