थप ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । सोमबार देशभरका ६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार २ हजार ४११ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
यससँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १०२ जना पुगेको छ । यस्तै आज १३ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ७८ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा प्रतिशत लाखमा ३९३।४ को निधन भएको छ । आज १३ हजार ८२९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म होम आइसोलेशनमा १०२ जना रहेका छन् ।
