सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य आजलाई स्थगित

तु खबर संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १९:३८

काठमाडौँ । नेपाली सेनाले सम्पर्क विहीन भएको तारा एयरको जहाजको खोजी कार्यलाई स्थगित गरेको छ । अन्धकार र प्रतिकुल मौसमका कारण आइतबारलाई खोजी कार्य रोकिएको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।

उनले भोलि बिहानैबाट फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुने बताए । अहिले सेनाको हवाई उद्दार टोली जोमसोममा फर्किएको उनले बताए ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज १०ः११ बजेदेखि सम्पर्कविहीन भएको थियो । जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी नागरिक सवार थिए ।