बागमती प्रदेशसभा: ३० मिनेटको लागि बैठक स्थगित

तु खबर संवाददाता
२०७९ जेष्ठ १४, शनिबार १४:५३

मकवानपुर । बागमती प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठक ३० मिनेटको लागि स्थगित भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न बसेको बैठक उपसभामुख राधिका तामाङ्ले ३० मिनेटको लागि स्थगित गरेकी हुन् ।

बैठकमा हालसम्म २८ जना सांसद्हरुले सरकारले ल्याएको प्रि बजेटमाथि धारणा राखिसकेका छन् । ३० मिनेट पछि बैठक पुनः सुचारु हुनेछ ।