प्रदेश सरकारलाई टर्च बालेर खोज्नुपर्ने अवस्था छ – शोभा शाक्य
मकवानपुर । बागमती प्रदेशसभा सदस्य एवम् विवेकशील साझा पार्टीकी नेतृ शोभा शाक्यले प्रदेश सरकारलाई टर्च लाईट बालेर खोज्नुपर्ने अवस्था आएको भन्दै टिप्पणी गरेकी छिन् । शनिबार बसेको प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि छलफलमा भाग लिँदै उनले सरकार हराएकाले टर्च बालेर खोज्नुपर्ने अवस्था आएको बताइन् ।
उनले जनताले सरकारको महशुससमेत गर्न नसकेको बताइन् । नेतृ शाक्यले सरकारले जनताको जीवनलाई सहजता प्रदान गर्नुपर्ने भएपनि त्यसतर्फ काम गर्न नसकेको बताइन् ।
विगत ५ वर्षको अवधिदेखि सरकारको बजेट र प्राथमिकताको विषयमा धेरै कुराहरु आए पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । उनले सरकारको कमजोरी हाम्रा वरपर भइरहेको अस्वभाविक विकासको प्रणालीले प्रष्ट पारेको बताइन् ।
‘जनताले सरकार भेटेका छैनन् । त्यसको प्रमाण काठमाडौं–हेटौंडाको बाटोमा हेर्दा हुन्छ ।’ उनले भनिन्, ‘प्रदेश सरकार टर्च बालेर खोज्नुपर्ने अवस्था आएको छ । विगत ५ वर्षमा सरकारले कति काम ग¥यो त्यसको समिक्षा गर्नुपर्ने उनले बताइन् ।
