गणतन्त्र दिवसको अवसरमा ८३४ कैदीले पाए सजाय माफी

तु खबर संवाददाता
२०७९ जेष्ठ १४, शनिबार ०९:२९
file-photo

काठमाडौं । सकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुको कैद सजाय यही १५ गतेदेखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालय जनाएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार, खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय मिनाहा गरिएको हो । यस्तै, संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी गरिएको छ ।