पत्नी हत्यामा संलग्न रन्जन कोइराला पक्राउ
काठमाडौं । पत्नी हत्यामा संलग्न रन्जन कोइराला पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका पूर्वडिआईजी समेत रहेका कोइराला शुक्रबार काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
बिहीबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले उनलाई जन्मकैदको फैसला गरेको थियो ।
