थप १२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३८७ मा कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोन पुष्टि भएको हो ।
यससँगै देशभर सक्रिय संक्रमितको संख्या १२४ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६७ हजार ३७ पुगेको छ ।
यस्तै, नेपालमा प्रति १० लाखमा ३९३.४ को संक्रमणका कारण निधन भएको छ । आज ६६ हजार १८१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म होम आइसोलेसनमा १२३, संस्थागत आइसोलेसनमा एक र सघन उपचार कक्ष (आइसियु) मा एक जनाको उपचार भइरहेको छ ।
