देशभर १२ जना कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १७:०५
file-photo

काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३ हजार ६२७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, २ हजार ५८० जनाको पीसीआर र १ हजार ४७ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । सो अवधिमा ९ जना कोरोना संक्रमणमुक्र भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २४७ पुगेको छ । तीमध्ये हालसम्म नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ९३८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १५० जना सक्रिय संक्रमित रहेका छन् ।