हेटौंडा ४ मा नविन सिग्देल निर्वाचित
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना सम्पन्न भएको छ । बिहीबार सम्पन्न मतगणना अनुसार, हेटौंडा–४ को वडा अध्यक्ष पदमा नेकपा एमालेका नविन सिग्देल निर्वाचित भएका छन् ।
सिग्देल आफ्नो प्रतिस्पर्धी सत्तारुढ गठबन्धनका हरिप्रसाद पौडेललाई ८९ मत अन्तरले पराजित गर्दै वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् । सिग्लेदले २ हजार ११२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेलले २ हजार २३ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका धर्वप्रसाद संजेलले ५३१ मत प्राप्त गरेका छन् ।
सो वडाबाट मेयर पदमा राप्रपाका दीपक सिंहलाई २ हजार ४५ मत, गठबन्धनकी मीना लामालाई १ हजार २६८ मत र नेकपा एमालेका अनन्त पौडेललाई १ हजार २३१ मत प्राप्त भएको छ । त्यस्तै उपमेयर पदमा एमालेकी सुमित्रा काफ्लेलाई १ हजार ४३८ मत, गठबन्धनका राजेश बानियाँलाई २ हजार ४७७ मत र राप्रपाकी इन्दिरा डल्लकोटीलाई ६५४ मत प्राप्त भएको छ ।
