हेटौंडा ७ मा १०६५ मतगणना : मेयरमा एमाले, वडाध्यक्षमा कांग्रेस अगाडि
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ६५ मतगणना हुँदा मेयर पदमा गठबन्धनकी मीना लामाले ३२३ मत, नेकपा एमालेका अनन्त पौडेलले ३७२ मत र राप्रपाका दीपक सिंहले २७६ मत पाएका छन् ।
त्यस्तै, उपप्रमुख पदमा गठबन्धनका राजेश बानियाँले ५५५ मत र एमालेकी सुमित्रा काफ्लेले ४११ मत पाएकी छन् । वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दामोदर गौतमले ५५९ मत पाउँदा नेकपा एमालेका उम्मेदवार राजन थापाले ४७१ मत पाएका छन् ।
