राक्सिराङ गाउँपालिकाको अध्यक्षमा पुनः मल्ल
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार मल्ल निर्वाचित भएका छन् । मल्ल आफ्नो प्रतिस्प्रर्धीलाई ९०९ मत अन्तरले पराजित गर्दै पुनः गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । मल्लले ५ हजार ४८१ मत प्राप्त गर्दा उनका प्रतिस्प्रर्धी एमालेका उम्मेदवार बाबुलाल स्याङ्तानले ४ हजार ५७२ मत प्राप्त गरेका छन् ।
मल्ल यसअघि २०७४ सालको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका वनस्थम थिङ निर्वाचित भएका छन् । थिङ ४ हजार ८३९ मतसहित उपप्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा एमालेकी उम्मेदवार सुन्तलीमाया प्रजाले ४ हजार १२९ मत प्राप्त गरेकी थिइन् ।
