हेटौंडा ४ मा १३०४ मत गणना : वडामा गठबन्धनको अग्रता कायमै

तु खबर संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार १२:२०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ को मतगणना जारी रहेको छ । हालसम्म १ हजार ३०४ मत गणना भएको छ । जसमा मेयर पदमा गठबन्धनकी मिना लामाले २९८ मत प्राप्त गरेकी छन् ।

यसैगरी, राप्रपाका उम्मेदवार दिपक सिंहले ५०४ मत, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले ३१८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा गठबन्धनका राजेश बानियाँलाई ६३४ मत, एमालेकी सुमित्रा काफ्लेलाई ३५५ मत र राप्रपाकी इन्दिरा डल्लाकोटीलाई १७१ प्राप्त भएको छ ।

वडा अध्यक्ष पदमा गठबन्धनको तर्फबाट कांग्रेसका हरिप्रसाद पौडेलले ५२२ मत, एमालेका नविन सिग्देलले ५११ मत र राप्रपाका उम्मेदवारले १४० मत पाएका छन् ।