२५ वटा केन्द्रको मतदान स्थगित

तु खबर संवाददाता
२०७९ बैशाख ३०,शुक्रबार १८:५७

काठमाडौं । स्थानीय तह निर्वाचन अनतरगत देशभरका २५ वटा मतदान केन्द्रको मतदान प्रकृया स्थगित भएको छ । अहिलेसम्म २५ मतदान स्थलको मतदान स्थगित भएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

स्रोतका अनुसार, शान्तिपुर्ण वातावरणमा मतदान हुन नसकेको स्थानमा मतदान स्थगित भएको हो । स्थगित भएका स्थानमा छिट्टै निर्वाचन गर्न तयारी सुरु भएको आयोगका एक अधिकारीले बताए । मतपेटिका फुटाइएको, दिनभर झडपको अवस्था रहेका स्थानमा मतदान स्थगित भएको हो ।