कैलाश गाउँपालिका: मतदान सम्पन्न, ६५ प्रतिशत मत खस्यो

तु खबर संवाददाता
२०७९ बैशाख ३०, शुक्रबार १८:०८

मकवानपुर । कैलाश गाउँपालिकाको सबै मतदान केन्द्रमा मतदान कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन अधिकृत मुकुन्दहरि न्यौपानेका अनुसार गाउँपालिकामा कूल मतदातासंख्याको ६५ प्रतिशत मत खसेको छ ।

‘सबै मतदान केन्द्रबाट मत पेटिका ल्याउने कार्य भइरहेको छ । कति प्रतिशत खस्यो भन्ने सन्दर्भमा एकिन तथ्याङ्क आइसकेको छैन । सबै मतदान केन्द्रका मतदान अधिकृतसँग फोन सम्पर्क हुन सकेको छैन । तर, हाम्रो अनुमान ६५ प्रतिशत खस्यो भन्ने हो ।’ उनले भने ।

उनले अब सर्वदलीय बैठक बस्ने र राति करिब १२ बजेबाट मतगणना प्रारम्भ हुने बताए । कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेको न्यौपानेले बताए ।