काठमाडौं उपत्यकामा ६ बजेदेखि यातायात खुल्ने

तु खबर संवाददाता
२०७९ बैशाख ३०,शुक्रबार १७:३९
file-photo

काठमाडौं । काठमाडौं उपत्यकामा आज साँझ ६ बजेदेखि यातायात खुल्ने भएको छ । ट्राफिक प्रहरी महाशाखाले साँझ ६ बजेदेखि सार्वजनिकसहित सबैखाले यातायात संचालन गर्न दिने निर्णय गरेको जनाएको छ ।

महाशाखाका सहायक प्रवक्ता डीएसपी बालनरसिंह राणाका अनुसार, साँझ ६ बजेदेखि यातायातको साधन चल्न दिइने बताए । उनले आज दिनभरमा नियमविपरीत सञ्चालनमा आएका सवारी साधनलाई होल्ड गरिएको र ती सबै साँझ छाडिने जानकारी दिए । स्थानीय तह निर्वाचनका लागि शुक्रबार यातायातका साधन बन्द गरिएको थियो । निर्वाचन बिहान ७ बजेदेखि सुरु भई साँझ ५ बजे सम्पन्न भएको छ ।