थप ७ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ बैशाख ३०,शुक्रबार १७:२८
file-photo

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ३७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार १४८ जनाको पीसीआर र २८९ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या १६४ जना रहेका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १९६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ८७३ जना संक्रमणमुक्त भएका छन् ।