बुधबार १८ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । स्थानीय तहको निर्वाचनको अघिल्लो कारोबार एवम् यो साता अन्तिम कारोबारको दिन नेप्से परिसूचक घटेको छ । आज नेप्से १८ दशमलव ६४ अंकले घट्दा २३५० दशमलव ४२ को विन्दुमा कायम भएको छ ।
यो साताको सुरुवाती दिनदेखि लगातार तीन दिन हरीयाली छाईरहेको शेयर बजारमा आज गिरावट आएको छ । आज २२८ सूचीकृत कम्पनीको ५२ लाख २७ ३ सय ५९ किा शेयर खरिदबिक्रि हुँदा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज उत्पादनमूलक क्षेत्र र अन्य बाहेक सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ । आज नेप्से सेन्सेटिभ ० दशमलव ५९ अंकले घटेको छ ।
