हेटौंडाका अधिकारी बाँनेश्वरबाट पक्राउ

तु खबर संवाददाता
२०७९ बैशाख २९,बिहीबार १६:२५
सांकेतिक तस्बिर

काठमाडौं । बैंकिङ कसुरमा फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका घर भई हाल काठमाडौं नयाँ बानेश्वर बस्ने ३८ वर्षीय रामहरी अधिकारी रहेका छन् । अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट परिचालित टोलीले बिहीबार शान्तिनगरबाट पक्राउ गरेको हो ।

अधिकारीले स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेड नयाँ बानेश्वर शाखामा रहेको खाताहरूमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरूलाई झुक्यानमा पारेको भन्दै उच्च अदालत पाटनले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा जम्मा ५ दिन कैद १७ लाख ४२ हजार रुपैयाँ जरीवाना हुने ठहर गरेको थियो । अधिकारीलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ ।