अनेरास्ववियूका दुई विद्यार्थी नेता कांग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७९ बैशाख २७,मंगलवार ०९:०४

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का दुई जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । अनेरास्ववियू मकवानपुरका सचिवालय सदस्य सागर शर्मा अधिकारी र रोशन सेवा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई कांग्रेस बागमती प्रदेश सभापति एवम् संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । अधिकारी र सेवालाई पार्टीमा स्वागत गर्दै सभापति बानियाँले नेपाली कांग्रेसले एमालेमा जस्तो कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए । उनले उचित समयमा उपयुक्त जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै, नेपाली कांग्रेस प्रवेश गरेका विद्यार्थी नेता अधिकारीले एमालेमा विचार भन्दा पनि व्यक्तिवादी प्रबृति हावि हुँदै गएको र सच्चा कार्यकर्ताले भन्दा पनि नेताका आसेपासेले मात्रै अवसर पाउँने अवस्था रहेकोले एमाले त्यागेको बताए । उनले नेपाली कांग्रेसको विचार र सिद्धान्त मन परेकोले कांग्रेस प्रवेश गरेको पनि बताए ।