थपिए ८ जना कोरोना संक्रमित, भए १७ जना संक्रमणमुक्त
काठमाडौं । देशभर थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३ हजार २ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै सोही समयमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । नेपालमा हाल १९० जना संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८ हजार ३५९ जनाले कोभिड१९ विरुद्धको खोप लगाएका छन् ।
