धारिलो हतियार प्रहार गरी युवकको हत्या
चितवन । चितवनको भरतपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । हत्या हुनेमा भरतपुर–१२ निवासी अनिल परियार (कान कुहिए) रहेका छन् । उनको आइतबार साँझ ७ः३० बजे भरतपुर ७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, उनलाई अज्ञात समूहले आक्रमण गरेको थियो । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए ।
