२४ घण्टामा १७ जना कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०७९ बैशाख २५, आईतवार १६:३२
file-photo

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ४ हजार १० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो समयावधिमा २१ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २१० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन् ।