आज नेप्से परिसूचक १७ अंकले बढ्यो
काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज नेप्से सूचक १७ दशमलव ९५ अंकले बढ्दै २२ सय ५६ दशमलव ५७ अंकमा पुगेको छ ।
गत बिहीबार यस्तो सूचक ३७ दशमलव ०६ अंकले घट्दै २२ सय ३८ दशमलव ६२ अंकमा झरेको थियो । आज नेप्सेमा सूचीकृत २३३ कम्पनीको ३३ लाख ४१ करोड २१४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज २ समुह बाहेकक सबै समुहमा हरियाली छाएको छ । बैंकिङ्ग समुह र माइक्रोफाइनान्स समुहमा आज गिरावट आएको छ भने सर्वाधिक आज विकास बैंक समुह चम्किएको छ । विकास बैंक समुहको आज १०८ दशमलव ६२ रुपैयाँले बृद्धि भएको छ ।
