हेटौंडाका एक युवक पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ ढकाल चोकबाट अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बस्ने १९ वर्षीय राजेन्द्र कामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, उनलाई लागूऔषध खेरो हेरोइन ८ सय २० मिलिग्राम अवैधसहित पक्राउ गरेको हो । उनलाई प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
