बिहीबार नेप्से ३७ अंकले घट्दा १ अर्ब ६५ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०७९ बैशाख २२,बिहीबार १६:२४

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३७ दशमलव ०६ अंकले घटेर २ हजार २३८ दशमलव ६२ विन्दुमा पुगेको छ । अघिल्लो दिन बुधबार ३१ अंकले घटेको थियो ।

आज नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७२ रुपैयाँको कारोबार भएको छ । नेप्से घटेसँगै नेप्सेमा रहेका १३ उपसूचक पनि आज राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा समुहको २६०।१५ रुपैयाँले घटेको छ भने निर्जिबन बीमा समुहको २६५।४२ रुपैयाँले घट्न पुगेको छ ।