देशभर १७ जना कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०७९ बैशाख २२,बिहीबार १६:१६
file-photo

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ३ सय ३६ जनाको पीसीआर परीक्षणमा १५ जना र १ हजार ४ सय ३५ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी १ सय १७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ७३० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २१६ होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।