थप १९ जनामा कोरोना पुष्टि, १ जनाको मृत्‍यु

तु खबर संवाददाता
२०७९ बैशाख २१, बुधबार १८:४३
file-photo

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ३७३ जनाको पीसीआर परीक्षण र १ हजार ४४८ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१७ जना रहेका छन् । जसमध्‍ये २१६ होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै, सो अवधिमा १८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८० पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ९५२ जनाको मृत्यु भएको छ भने ९ लाख ६६ हजार ७१५ जना संक्रमणमुक्त भएका छन् ।