बुस्टर नलगाएकाहरुलाई मतदान केन्द्रमा खोप कार्ड अनिवार्य

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने बुस्टर डोज नलाएका मतदाताहरूलाई अनिवार्य खोप कार्ड लिएर जान आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.संगिता कौशल मिश्राले बुस्टर डोज नलगाएकाहरुले चुनावमा सहभागी हुँदा अनिवार्य रुपमा खोप कार्ड लिएर जान आग्रह गरेका हुन् ।
मिश्राले सबै मतदान केन्द्रमा हेल्थ डेस्क (खोप केन्द्र) स्थापना गर्न लागिएको जानकारी दिँदै हेल्थ डेस्कमा बुस्टर डोज खोप लगाउने जानकारी समेत दिइन् । बुस्टर डोज नलाएकाहरुले मतदानस्थल नजिकै रहने खोप केन्द्रमा गएर खोप लगाउन समेत प्रवक्ता मिश्राले आग्रह गरिन् । खोप कार्ड सम्भव नभएको खण्डमा परिचय पत्र वा अभिभावकले नाम र उमेर घोषणा गरेको परिचयपत्रका आधारमा खोप दिइने व्यवस्था गरिएको उनले बताइन् ।