प्रदेश फुटबलको निर्वाचन स्थगित

तु खबर संवाददाता
२०७९ बैशाख २०,मंगलवार १७:३७

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको जानकारी गराएको हो ।

यसअघि एन्फाले बैशाख १३ गते पत्र काट्दै प्रदेश संघको निर्वाचन बैशाख १९ देखि २४ गतेसम्म गर्न परिपत्र गरेको थियो । तर, निर्वाचन समस्या तथा विवाद समाधान समितिको बैठकले विविध कारण प्रदेश फुटबल संघको निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।