स्याङ्जामा एमाले र कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान, एक घाइते
पोखरा । स्याङ्जाको चापाकोटमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । चुनावी कार्यक्रम सकेर चापाकोट फर्कँदै गरेको एमालेका कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच वीपी चोकमा खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ ।
झडपमा परी एमालेका एक कार्यकर्ता घाइते भएका छन् । खुकुरी प्रहारबाट कार्यकर्ता नारायण हिस्कीमगर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । हिस्कीमगरलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको छ । उक्त घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र उनीको खोजी कार्य भइरहेको जनाइएको छ ।
