एकीकृत समाजवादी र एनेकपाबीच आज एकता हुँदै

तु खबर संवाददाता
२०७९ बैशाख १५, बिहीबार ०९:१२

काठमाडौं । नेकवा एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) बीच एकता हुने भएको छ । एकीकृत समाजवादीका प्रचार विभाग सचिव प्रकाश खतिवडाका अनुसार, नेकपा (एकीकृत समाजवादी) ले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लगोको हो ।

एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा आज एकता हुन लागेको एकीकृत समाजवादीका प्रचार विभाग सचिव खतिवडाले बताए ।